दशैंका लागि खाद्यले ३ हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने



काठमाडौं असोज ६ ।

कोरोनाको सङ्क्रमण बढीरहको अवस्थामा नेपालीहरुको महान् चाडपर्व दशैं नजिकिँदै गएको छ ।

दशैं नजिकिदै गएकाले कोरोना महामारीको बिचमा पनि दशैंलाई राम्रै बनाउनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको हो ।

खाद्य कम्पनीले कोरोनाको महामारीले आर्थिक तथा सामाजिक गतिविधि नै ठप्प भएको असहज परिस्थितीका बाबजुद पनि खसीबोका र च्याङ्ग्रा ल्याउने निर्णय गरेको छ ।

यसरी कम्पनीले खसीबोका ल्याउने भएकाले अब उपत्यकाबासीले दशैंमा खसीबोका र च्याङ्ग्राको लागि भौतारिनु नपर्ने भएको छ । खाद्य संस्थानले यसपालिको दशैंका लागि तीन हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी थालेको छ ।

यो दशैंका लागि १४ सय च्याङ्ग्रा र १६ सय खसीरबोका खरिद गर्ने खाद्यले जनाएको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले विगत वर्षहरुमा दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका स्थानबाट खसी बोका ल्याउने गरेको छ।

च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ। यस पटक खाद्यले खसी बोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ। गत वर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो।

संस्थानले विगत वर्षहरु जस्तै यो वर्षपनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु पनि विक्रि गर्ने भएको छ। यस्तै सहुलियत मूल्य पसल पनि सञ्चालन गर्ने उनले बताइन्। कहिलेबाट कहाँ कहाँ यस्ता पसल सञ्चालन हुने भन्नेबारे भने कम्पनीले अहिलेसम्म निर्क्यौल गरिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्