पछिल्लो २४ घण्टामा १३ सय ५६ जना कोरोना संक्रमित थपिए, ८२३ जना डिस्चार्ज



काठमाडौं असोज ६ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभरमा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण भएको बताए।

उनका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ। आज देशभर संस्थागत आइसोलेसनमा ९ हजार १९३ रहेको छ। पछिल्लो २४ घण्टामा थप ११ हजार १५४ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको पीसीआर परीक्षणको संख्या ९ लाख ३४ हजार ९७७ पुगेको छ।

पछिल्ले २४ घण्टामा थप ८२३ जना कोरोना संक्रमित निको भएसँगै जम्मा निको हुनेको संख्या ४८ हजार ६१ रहेको छ निको हुने प्रतिशत ७२ रहेको प्रवक्ता गौतमले जनाकारी दिए।

प्रतिक्रिया दिनुहोस्