सरकारले गर्यो आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन



काठमाडौं असोज ६ ।

सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्ने निर्णय गरेको छ ।

यही असोज २४ गतेका लागि तय भएको निर्वाचन मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले रोक्ने निर्णय गरेको कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले जानकारी दिइन् ।

कोरोना भाइरसको महामारी फैलिइरहेको समयमा निर्वाचन गर्न उपयुक्त नहुने भन्दै स्थगित गरेको जनाइएको छ ।

आधिकारि ट्रेड युनियनको निर्वाचनमा स्थानीय तहका निजामती कर्मचारीलाई मताधिकारबाट वञ्चित गराउने गरी सरकारले विभेदकारी व्यवस्था ल्याएको भन्दै स्थानीय तहका कर्मचारीहरु मताधिकारको माग राख्दै देशभर आन्दोलित रहेकै अवस्थाबीच निर्वाचन स्थगन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्