राजस्थानको विजयी सुरुवात, कोलकाता र मुम्बई ईन्डियन्समा कस्ले जित्ला?



नयाँदिल्ली,असोज ७ । इण्डियन प्रिमियर लिग (आईपीएल) को खेलमा राजस्थान रोयल्सले विजयी सुरुवात हात लगाएको छ । गएरातिको खेल अन्तर्गत चेन्नई सुपरकिंग्सलाई १६ रनले पराजित गर्दै राजस्थान रोयल्सले विजयी सुरुवात गरेको हो । राजस्थानले दिएको २१७ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउदै २०० रन मात्र बनाएपछि खेल १६ रनले हारेको हो ।

चेन्नईका लागि फाफ डुप्लेसीले सर्बाधिक ७२ रन बनाएका थिए । डुपेल्सिले ३७ बलमा एक चौका र ७ छक्का प्रहार गरेका थिए । त्यस्तै शेन वाटशनले ३३ रन बनाए भने महेन्द्र सिंह धोनीले १७ बलमा २९ रन बनाएका थिए । त्यस्तै केदार जादभले २२, मुरली विजयले २१ तथा साम कुरानले १७ रन बनाएका थिए ।

आईपीएल अन्तर्गत बुधबार मुम्बई इण्डियन्स र कोलकोता नाइटराइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।थप रोमाञ्चक खेलको प्रतीक्षामा दर्शक रहेको सामाजिक संजाल व्यक्त गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्