डाक्टर केसीको उपचारका लागि आठ सदस्यीय चिकित्सक टोली



काठमाडौँ, असोज ७ ।अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य उपचारका लागि सरकारले आठ सदस्यीय चिकित्सक टोली गठन गरेको छ । उनको हाल राष्ट्रिय ट्रमा सेन्टरमा राखेर उपचार गर्न डा रेवतीरमण मल्लको संयोजकत्वमा आठ सदस्यीय टोली गठन गरिएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कार्यकारी परिषद्ले सोमबार जुम्ला हुँदै नेपालगञ्जबाट ल्याइएका डा. केसीको स्वास्थ्य उपचार गर्नका लागि आज टोली गठन गरेको हो । टोलीमा डा. मुकेश शर्मा पौडेल, डा. अनन्तभक्त उप्रेती, डा. अनिल बराल, डा. जितेन्द्रकाजी श्रेष्ठ, डा.सुजिता मानन्धर, डा. घनश्याम थापा र डा. हरिहर खनाल रहेका छन् ।

उपचारका लागि डाक्टर केसी वीर अस्पतालमा आएपनि कोभिड १९ को डेडिकेटेड अस्पतालका रुपमा वीरलाई अहिले रुपान्तरण गरेपछि सेन्टरमा उहाँको उपचारका लागि ल्याइएको सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डाक्टर सन्तोष पौडेलले जानकारी दिए ।

यो समाचार नेपाल समाचारपत्र दैनिकले प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्