आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि



काठमाडौं असोज ७। विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ बुधबार अन्त्येष्टि गरिएको छ ।

उनको बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरे । सुरक्षाकर्मीहरुले शेर्पाप्रति सलामी अर्पण गरे ।

शेर्पाको ५ असोजमा काठमाडौंस्थित छोरीको घरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्