सीमामा थप सैनिक नपठाउने भारत र चीनबीच सहमति



एजेन्सी असोज ७ ।

विवादित सीमा क्षेत्रमा भारत र चीनबीच थप सैनिक नपठाउने सहमति भएको छ ।

सीमा विवादका कारण तनाव बढिरहेको बेला कमाण्डर तहमा भएको छैटौँ चरणको वार्तामा दुई देशबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति भएको हो । दुई देशबीचको वार्तापछि निकालिएको संयुक्त विज्ञप्तिमा सीमामा थप सैनिक नपठाउनेसहित अहिलेको अवस्थामा कुनै किसिमको परिवर्तन नगर्ने विषयमा सहमति बन्न सकेको हो ।

दुवै देशले वास्तविक नियन्त्रण रेखामा अवस्था स्थिर बनाउनका लागि प्रयास गर्ने सहमति गरेका छन् । तर अहिले नै सैनिकलाई पछि हटाउने सहमति भने नबनेको खबरमा उल्लेख छ । यस्तै जतिसक्दो छिटो कोर कमाण्डर स्तरको सातौं चरणको बैठक वार्ता गर्ने पनि सहमति भएको छ । सीमा पारी शान्ति कायम गर्नको लागि पनि कुनै ठोस कदम उठाउने बारेमा वार्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्