ओम्नी समूहले मेडिकल सामाग्री बोकेको भाडा नदिएको खुलासा



काठमाडौं असोज ७ ।

ओम्नी समूहले मेडिकल सामाग्री बोकेको भाडा नदिएको खुलासा भएको छ ।

६ महिना हुन लाग्दा पनि अहिलेसम्म ओम्नीको सामान ल्याएको चार्टर जहाजको भाडा भुक्तानी नभएको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।

नेपाल एयरलाइन्सको वाइडबडी जहाजले चीनको गोन्जाओबाट ओम्नीको मेडिकल सामान चैत १६ गते नेपाल ल्याएको थियो । तर, ओम्नीसँग सरकारले खरिद गरेको मेडिकल सामानमा आर्थिक अनियमितता भएको भन्दै चैत १९ गते ठेक्का सम्झौता रद्द भएको थियो ।

ओम्नीले पहिलो लटमा ल्याएको मेडिकल सामग्री सरकारले खरिद गरेर भुक्तानी गरिसकेको छ । तर, ओम्नीले भने नेपाल एयरलाइन्सको जहाज भाडावापतको करोड ५३ लाख ८५ हजार डलर पाउन सकेको छैन ।

निगमले बारम्बार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा रकम भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् पत्र काटे पनि मन्त्रालयले रकम भुक्तानीमा सहयोग नगरेको एअरलाईन्सले जनाएको छ । अहिले सरकारले ओम्नीलाई एक वर्ष कालोसूचीमा राखिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्