अफगानिस्तानमा २५ आतंककारीको मृत्यु



एजेन्सी असोज ७ ।

अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा प्रहरी कारबाहीमा पछिल्लो २४ घण्टामा २५ जना आतंककारीको मृत्यु भएको छ । प्रहरीसँगको भिडन्तमा अन्य १८ जना घाइते भएका छन् ।

प्रान्तीय प्रहरी प्रवक्ता शापूर अहमदजाईले हतियारधारी समूहले बाराकी बाराक जिल्लाको प्रहरी जाँच चौकीमा आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गरेको बताए ।

प्रहरीले विद्रोहीबाट हातहतियार पनि बरामद गरेको बताइएको छ । अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानले भने घटनाका बारेमा केही प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्