पछिल्लो २४ घण्टामा ११ सय ७२ जना कोरोना संक्रमित थपिए,१८ सय ९३ जना डिस्चार्ज



काठमाडौं असोज ७ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १७२ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ८९३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । बुधबारसम्म ७ हजार १०४ जना क्‍वारेन्टाइनमा रहेका छन् भने १७ हजार ४१४ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९ हजार ४९७ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ९ लाख ४४ हजार ४७४ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

प्रतिक्रिया दिनुहोस्