सिन्धुपाल्चोक, बाग्लुङ र म्याग्दीमा पहिरोको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह



काठमाडौं असोज ७ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थपन प्राधिकरणले तीन दिन निरन्तर वर्षा हुने र केही क्षेत्रमा संकट निम्तिने तर्फ सचेत गराएको छ ।

प्राधिकरणले सिन्धुपाल्चोक, बाग्लुङ र म्याग्दीमा पहिरोको उच्च जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले बुधबार, बिहीबार र शुक्रबार भारी वर्षा हुने स्थानमा जिल्ला आपतकालीन व्यवस्थापन केन्द्र, स्थानीय तह तथा सञ्चारमाध्यमलाई सतर्कताको सूचनाका लागि अपिल गरेको छ ।

बुधबार राति प्रदेश नम्बर १ का मोरङ, सुनसरी, धनकुटामा भारी वर्षा हुने प्राधिकरणले जनाएको छ । त्यस्तै, प्रदेश नम्बर २ का सप्तरी, सिराहा, बारा, पर्सा र मकवानपुरमा पनि बुधबार राति भारी वर्षा हुने हुँदा संकट व्यवस्थापनका लागि प्राधिकरणले अपिल गरेको छ ।

प्रदेश नम्बर ५ का दाङ र बाँकेमा पनि बुधबार राति भारी वर्षा हुने प्राधिकरणको भनाइ छ । बिहीबार रुपन्देही र धनुषामा भारी वर्षा हुने तथा शुक्रबार मोरङ, धनकुटा,सुनसरी र झापामा भारी वर्षा हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्