घरकै आइसोलेसनबाट जिते १०६ वर्षका जेष्ठ नागरिकले कोरोना



झापा, असोज ८ । कपाल र दाह्री हिउँ जस्तै सेतै, पातलो शरीर मुखमा खिइएका केही दात बाँकी छन् । उठ्न बस्न वरपर हिँड्न लौरो सहारा विना हुँदैन । कपाल दाह्री फुलेर सेतै भए झैँ सँधै सेतो सफा बस्त्र पहिरने गर्छन् । अधिकांश समय अहिले कोठामा सुतेर नै बित्न थालेको छ । अहिले उनको उमेर १०६ बर्ष ६ महिना नाघिसकेको छ । यस्तो अवस्थामा पनि उनले कारोना भाइरसको माहामारीलाई पराजित गरेर छुट्टै अनुभव लिएका छन् ।

भारतको पुर्णिया जिल्लामा घर भई हाल झापाको दमक नपा ९ मा बस्दै आएका सन्त सुकदेव साहेवले कारोना संक्रमण जितेका हुन । कन्ट्याक ट्रेसिङको आधारमा गत भदौ २३ गते उनको स्वाब संकलन गरिएको थियो । दुई दिनपछि २५ गते उनमा कोरोना भाइरस पोजेटिभ देखिएको दमक नपाको स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक बद्री बरालले बताए । यसरी पोजेटिभ देखिएपछि सन्त पहिला आफु बस्दै आएको कोठामा नै १४ दिनसम्म आइसोलेशनमा राख्ने व्यवस्था गरियो ।

असोज ५ गते १४ दिनपछि पुन परीक्षण नेगेटिभ आएको निरीक्षक बरालले बताए । उनले कारोना भइरस पोजेटिभ देखापरेपछि नियमित तातोपानी, झोलिलो पदार्थ, दुध, गिलो जाउलो खाएको उनले बताए । यो अवस्थामा शरीरको सबैभाग दुख्ने, पोल्ने, अत्यन्तै धेरै पीडा भयो । सामान्य ज्वरो आयो । खान मन नलाग्ने भयो । यो बीचमा कुनै औषधि पनि खानुपरेन भने अन्य अस्पतालको शैयामा आइसोलेशनमा समेत जानुपरेन ।

सानो उमेरदेखि नै सात्विक खाना खाने सन्तले दूध तरकारीको रसबरी खाने गरेको बताए । म ठूलो खड्गो कालबाट बचे अब अझँै धेरै बर्ष बाच्ने भए उनले हास्दै भने । मलाई अब कोरोना त जिते अब यसको आधिकारीक प्रमाणपत्र लिने मन छ । उनलाई कोरोना भइरस पोजेटिभ देखिएपछि आफ्नो सधै बसिरहरेको घर कोठा ओछ्यान समेत सोही भएकाले अनौठो महशुुुस नभएको दमक नगरपालिकाको कोरोना भइरस क्वारेन्टनइन ब्यवस्थापन समितिका सचिव कुबेर भट्टराईले बताए । यसले गर्दा उनमा मानसिक ठूलो पीडा भएन । घरमा नै भएकाले बढी हेरचाह गर्ने मौका पनि मिल्यो त्यसकारण पनि कारोना जित्न सहज भएको उनको अनुभव छ ।

यससंग सम्बन्धित समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्