कोरोना संक्रमितको उपचारमा प्रयोग हुने फभिपिराभर ट्याबलेट नेपालमा उत्पादन



काठमाडौं, असोज ८ । देउराली जनता फर्मास्युटिकल्सले कोरोना भाईरस कोभिड १९ संक्रमितहरुका लागि प्रयोग हुने फभिपिराभरओरल ट्याब्लेट उत्पादन सुरु गरेको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको अवस्थामा विश्वका अन्य देशहरुमा पनि प्रयोगमा आएको उक्त औषधि देउराली जनताले उत्पादन गरेको हो । कोरोना रोगको उपचारका लागि आवश्यक औषधिहरुमध्ये फभिपिराभर ओरल ट्याब्लेट एन्टीभाइरल औषधीलाई विश्वका धेरैे मुलुकहरुले कोरोनाका बिरामीहरुमा परीक्षण पश्चात प्रयोग गरिरहेको देउराली जनताले जानकारी दिएको छ ।

देउराली जनता फर्मास्युटिकल्स प्रालिका प्रमुख हरीभक्त शर्माले हालसम्म उक्त औषधि जापान, चिन, रसिया, अमेरिका, टर्र्की, क्यानडा, भारत र बंगलादेश लगायत धेरै देशमा सरकारले कोभिड- १९ को उपचारका लागि अनुमति प्रदान गरिसकेको जानकारी दिए । उनले कोभिड–१९ ले सम्पूर्ण मानवको स्वास्थ्य र अर्थतन्त्रमा नकारात्मक असर पारेको अवस्थामा तीन दशक देखी नेपालमा औंषधी उत्पादन गर्ने देउराली जनताले आफ्नो दायित्व बोधगरी कोभिड१९ बाट संक्रमित ब्यक्तिलाई औषधि अभावको कारणले हतास हुन नपरोस भन्ने उद्देश्यका साथ उत्पादन गरेर बजारमा ल्याएको बताए । उनले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था बिभागबाट समेत उक्त औषधि उत्पादनको अनुमति लिई नेपालमानै पहिलोपटक उत्पादन शुरु गरिसकेको जानकारी दिए ।

उनले कोभिड९१९ को उपचारका लागी क्लिनिकल अध्ययन प्रयोजनको लागि उपलब्ध गराउने गरि औषधि व्यवस्था बिभागबाट मंगलबार मात्र स्विकृति प्राप्त भएको बताए।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्