नारायणीमा पानीको बहाव उच्च, गण्डक ब्यारेजका ३६ वेटै ढोका खोलिए



काठमाडौं असोज ८ ।

नारायणी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ।

बिहान ११ बजे गण्डक ब्यारेजमा गरिएको मापनमा पानीको बहाव ३ लाख ३२ हजार क्यूसेक प्रति सेकेण्ड मापन गरिएको जल मापन केन्द्र वाल्मीकिनगरले जानकारी दिएको छ।

पानीको बहाव बढेपछि गण्डक ब्यारेजका सवै ढोका खोलिएको छ। गए राती १ बजे देखि ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजका लाईजन अफिसर तारा सिं थापा बताए।

नारायणीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि गण्डक पूर्वी नहर र पश्चिम नहर पुर्णरुपमा बन्द गरिएको छ। गण्डक ब्यारेजमा पानीको बहाव ३ लाख क्युसेक प्रतिसेकेण्ड पुग्नुलाई खतराको सूचक मानिने भएकोले ब्यारेजका सवै ढोका खुल्ला गरिएको लाईजन अफिसर थापाले बताए।

गण्डक ब्यारेजको क्षमता ७ लाख क्युसेक भए पनि पुरानो र जीर्ण हुँदै गएकोले अहिले ४ देखि ५ लाख क्युसेक पानीको बहाव मात्र थेग्न सक्ने आंकलन गरी पानीको बहाव बढ्नासाथ ढोका खोल्ने गरीएको थापाको भनाइ छ। नारायणीले खतराको तह पार गरे संगै नदि तटीय क्षेत्रका बस्तीका नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्