पशुपतिनाथ मन्दिर र लुम्बिनी सङ्ग्रहालय खोल्ने सरकारको तयारी



काठमाडौं असोज ८ ।

सरकारले पशुपतिनाथ मन्दिर र लुम्बिनी सङ्ग्रहालय खोल्ने तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय समितिको बैठकले प्रोटोकल बनाएर मन्दिर र सङ्ग्रहालय खोल्ने निर्णय गरेको हो ।

पशुपति मन्दिर, लुम्बिनी सङ्ग्राहालय खोल्ने सम्बन्धमा प्रोटोकल तयार गरी ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ सीसीएमसीमा पेस गर्ने निर्णय गरेको छ । बैठकले, बङ्गलादेश, इण्डोनेसिया, रसिया, कोरिया फिनल्याणसँग भएको हवाई सम्झौक्ताहरु असोजभित्र तयार गरी मन्त्रिपरिषदमा पेस गर्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै पर्यटन क्षेत्रको पुनरुत्थान कार्यक्रम प्रभावकारी बनाउन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्ड मिलेर संयुक्त रुपमा कार्यक्रम बनाएर आउँदो बैठकमा पेस गर्ने निर्णय गरेको छ । बैठकले हप्ता दिनभित्र हवाई इन्धन मूल्य पुनरावलोकन तथा हवाई भाडा सम्बन्धमा ठोस प्रस्ताव तयार गरी मन्त्रालयमा पेस गर्न हवाई महाशाखा र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

मन्त्री भट्टराईले राष्ट्रिय गौरवको आयोजनाको कामलाई प्रभावकारी बनाउन मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण अनुगमन, मूल्याङ्कन, निरीक्षण गर्न सम्बन्धित महाशाखा प्रमुखलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्