लुटपाट र बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या



बझाङ असोज ८।

बझाङको मष्टा गाउँपालिकामा एक बालिकाको बलात्कापछि हत्या गरिएको छ । गाईवस्तु बाँध्न सिमछाना गएकी १२ वर्षीया बालिकाको गरगहना लुटेर बलात्कार गरी बुधबार हत्या समेत भएको हो ।

बुधबार अबेरसम्म घर नफर्किएकी बालिकाको खोजी गर्ने क्रममा गाउँभन्दा २ किलोमिटर टाढा शव फेला परेको बताइएको छ । मष्टा गाउँपालिका–२ का वडाध्यक्ष शेरबहादुर खड्काका अनुसार बालिकाको शव नग्न अवस्थामा भेटिएको हो ।

बालिकाले कानमा लगाएको मुन्द्रा समेत लुटिएको र शरीरमा निलडाम समेत रहेको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्