काठमाडौं उपत्यकामा ७५५ संक्रमित थपिए



काठमाडौं असोज ८ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित भेटिएका छन् ।

योसँगै देशैभर गरी पछिल्लो २४ घण्टामा १४ सय ९७ जना संक्रमित भेटिएका छन् । यो सँगै कूल संक्रमित संख्या ६८ हजार ३०४ पुगेको छ । यीमध्ये २३२ जना आईसीयू र २८ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्