पछिल्लो २४ घण्टामा १३१३ संक्रमित थपिए, १४५५ डिस्चार्ज



काठमाडौं, असोज ९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १३ सय १३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७० हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म ५१ हजार ८ सय ६६ जना संक्रमणमुक्त भएका छन् । शुक्रबार  १४ सय ५५ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्