डा. केसीको पक्षमा काठमाडौंको माइतीघरमा प्रदर्शन



काठमाडौं असोज १० ।

गोविन्द केसीको पक्षमा शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । स्वास्थ्य सेवा सुधारको माग राख्दै १९ औँ पटक अनशन बसेका केसीको पक्षमा शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको हो ।

प्रदर्शनकारीले डा. केसीको माग पुरा गर भन्दै नाराबाजी गरेका थिए । प्रदर्शनकारीले डा गोविन्द केसीको माग पूरा गरु, डा. गोविन्द केसीको जीवनरक्षा गरु, लुटतन्त्र मुर्दावादु, हामी
गोविन्द केसी, तानाशाहीतन्त्र मुर्दावादु, डा. केसीको अनसन, माफियालाई टेन्सन लगायतका नारा लगाउनका साथै प्लेकार्ड पनि बोकेका थिए।

प्रदर्शनमा सहभागीलाई प्रहरीले पक्राउ गरेको छ । १३ दिनअघि जुम्लाबाट अनसन सुरु गरेका उनी अहिले काठमाडौंमा रहेका छन् । उनको अनसन निरन्तर जारी छ ।

प्रतिक्रिया दिनुहोस्