नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ४ सय ६७ पुग्यो



काठमाडौं असोज १० ।

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा उपत्यकाका तीन जिल्लामा थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभरमा थप ८ जनाको मृत्यु भएको हो। मृतक ८ जना नै पुरुष रहेको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४६७ पुगेको छ। यो कूल संक्रमितमध्येको ०.६५ प्रतिशत हो।

प्रतिक्रिया दिनुहोस्