पछिल्लो २४ घण्टामा ११४७ डिस्चार्ज, हालसम्म ५३ हजार बढीले जिते कोरोना



काठमाडौं,असोज १० । पछिल्लो २४ घण्टामा देशभरबाट ११ सय ४७ जना डिस्चार्ज भएर घर फर्केको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल संस्थागत आइसोलेशनमा ७ हजार ८ सय ३३ जना रहेका छन् । यस्तै क्वारेन्टाइनमा ६ हजार ३ सय ३१ जना रहेका छन् ।

शनिबार सम्म देशभर १८ हजार ३ सय ४० सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार कुल कोरोना संक्रमित मध्य ७३.८ प्रतिशत अर्थात ५३ हजार १३ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्