कोरोना संक्रमणबाट क्याम्पस प्रमुख अग्रवालको निधन



बर्दिया,असोज १० । बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय उनको चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

आज श्वासप्रश्वासमा समस्या भएपछि उपचारार्थ नेपालगञ्जस्थित भेरी अस्पताल लैजाने क्रममा उनको निधन भएको भेरी अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रमोद धितालले जानकारी दिए। उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । दिल्लीको मेदान्त अस्पतालमा उपचार गराएर फर्केका अग्रवाललाई केही दिन अघि कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्य समस्या नदेखिएपछि होम आइसोलेसनमा बसेका थिए । शनिबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै बर्दियाका ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्