सर्वसाधारणको पहुँचमा कोरोना खोप लैजान डब्लूएचओद्वारा चीनलाई अनुमति प्रदान



एजेन्सी,असोज ११ । विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) द्वारा चीनलाई उसले बनाएको कोभिड १९ विरुद्धको खोप आम नागरिकसामु ल्याउन अनुमति प्रदान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सञ्चारमाध्यमहरुका अनु चीनले तेस्रो चरणको परीक्षण गरिरहेको कोरोनाविरुद्धको खोपलाई आम नागरिकसामु लैजान अनुमति प्रदान गरेको हो । उता चिनियाँ मिडियाले समेत यसको पुष्टि गरिसकेको छ। स्रोतअनुसार चिनियाँ स्वास्थ्य अधिकारीले डब्ल्युएचओले आम मानिसमा कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिएको जानकारी दिए ।

यससँगै चीन डब्ल्युएचओबाट आपतकालीन रुपमा सर्वसाधारणका लागि भ्याक्सिनको अनुमति पाउने पहिलो देश बनेको छ । चीनले तेस्रो चरणमा लगातार पाँच वटा भ्याक्सिन परीक्षण गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्