उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो



काठमाडौं, असोज ११ । शनिबार काठमाडौं उपत्यकामा थप ७२४ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै उपत्यकामा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ।

शनिबार थपिएकामध्ये काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शनिबार थपिएका संख्यासंगै उपत्यकामा कोराना संक्रमितको संख्या २० हजार ६ सय ९८ पुगेको खबर नेपाल समाचारपत्र दैनिकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्