दशैँको मुखमा पनि उपत्याका छाड्ने भन्दा भित्रिने बढि



काठमाडौं असोज ११ ।

निषेधाज्ञा खुलेपछि काठमाडौं उपत्यका छाड्ने भन्दा भित्रिनेको संख्या बढीरहेको छ ।

निषेधाज्ञा खुलेको १० दिनसम्म उपत्यकामा भित्रिने यात्रुको संख्या उपत्यका छाड्नेभन्दा भित्रिनेको संख्या बढी देखिएको छ । दशैं लगायतका महत्वपूर्ण चाडबाड आउनुअघि खुला भएको उपत्यकाको आवागमनमा उपत्यका छाडेर जानेभन्दा भित्रिनेको संख्या बढी देखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।लामोदुरीको सवारीसाधन सञ्चालनमा आएसँगै बाहिरी जिल्लाहरुबाट काठमाडौं उपत्यका भित्रिनेहरुको संख्या बढेको छ ।

१० दिनको अवधिमा कूल ४१ हजार ६ सय १७ वटा सवारीसाधन उपत्यकामा भित्रिँदा १ लाख ७४ हजार ८ सय ४४ जना यात्रु उपत्यकामा प्रवेश गरेको महाशाखाको तथ्याङ्क छ । त्यस्तै, यो अवधिमा ४१ हजार २ सय ५ सवारी साधन बाहिरिँदा १ लाख ६५ हजार २ सय ४६ जना यात्रुले उपत्यका छाडेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० रामेश्वर प्रसाद यादवले जानकारी दिए ।

नजिकिदै गरेको चाडपर्व र कोरोना भाइरसबाट उत्पन्न समस्या कारण काठमाडौं उपत्यका छाड्नेको संख्या बढ्ने अनुमान गरिएको भए पनि उपत्यका भित्रिनेको संख्यामा वृद्धि भइरहेको महनगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । चाडवाडको सिजन सुरु भएपनि पहिल्यै धेरै व्यक्तिहरु उपत्यका बाहिर गइसकेकोले अहिले यात्रु बाहिरिने चाप नदेखिएको उनको भनाई छ । १ असोजदेखि नै काठमाडौं उपत्यकमा बाहिरने भन्दा पनि भित्रिनेको संख्या बढेको हो ।पछिल्लो समय कोरोना भाइरसका संक्रमणको दर काठमाडौं उपत्यकमा बढ्दो दरमा वृद्धि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्