अनसनरत डा.केसीको जीवन रक्षा गर्न नागरिक अगुवाहरुको अपील



काठमाडौं असोज ११ ।

नागरिक अगुवाहरुले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग अपील गरेका छन् ।

आइतबार पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, पूर्व सभामुख दमननाथ ढुगांना, पूर्व उपकुलपति प्रा।डा। केदारभक्त माथेमा, शम्भु थापा, भीमार्जुन आचार्य लगायतले संयुक्त अपील जारी गर्दै डा. केसीको जीवन रक्षा गर्न र उनले उठाएका मागहरु सम्बोधन गर्न सरकारलाई अपील गरेका छन् ।

२९ भदौमा जुम्लाको चन्दननाथनगरपालिका–६ स्थित बाबिरामष्ट मन्दिरमा अनसन थालेका उनी काठमाडौं आएको एक साता बित्दा पनि सरकारले चासो नदेखाएको उनीहरुको गुनासो छ ।

अपीलकर्ताहरुको तर्फबाट प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले जारी गरेको अपीलमा भनिएको छ, डा. केसीसँग सरकारहरुले विगतमा पटक–पटक गरेका सम्झौंता कार्यान्वयन गर्न र उहाँको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराउँदछौं ।’

अपीलकर्ताहरुले कोरोना संक्रमण रोकथाम, सरल परीक्षण, भ्रष्टाचार र विभिन्न प्रकरणमा उठेका सवालको छानबिन एवं कार्वाहीका लागि डा. केसीले राखेको मागप्रति पनि संवेदनशील बन्न पनि सरकारलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्