भान्सेमा कोरोना संक्रमण देखिएपछि प्रधानसेनापति थापा सेल्फ क्वरेण्टीनमा



काठमाडौं असोज ११ ।

नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा सेल्फ क्वरेण्टीनमा बसेका छन् ।

प्रधानसेनापति निवासको भान्सामा कार्यरत एक जना सदस्यमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उहाँ सेल्फ क्वरेण्टीनमा बसेका हुन्।

शनिबार भान्सेमा कार्यरत ती सदस्यमा सङ्क्रमण पुष्टि भएको हो । प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सुरक्षता अपनाउँदै सेल्फ क्वरेण्टीनमा बसेका विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्