बारामा बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु



बारा असोज ११ ।

बाराको निजगढ–पथलैया सडक खण्डमा बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।

पथलैयाबाट निजगढतर्फ गइरहेको स्कुटरलाई बसले ठक्कर दिँदा बाराको निजगढ १० निवासी २५ वर्षीय तीर्थमान स्याङ्तान, उनकी श्रीमती २३ वर्षीया ज्योति र १ वर्षका छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार पथलैयाबाट निजगढतर्फ गइरहेको प्रदेश २–०००४ प ४४४२ नम्बरको स्कुटरलाई निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले पूर्वपश्चिम राजमार्गअन्तर्गत सिमरा उपमहानगरपालिका १ को दुधौरामा अइतवार बेलुकी पौने पाँच बजे ठक्कर दिएको थियो।

बसको ठक्करबाट स्कुटरमा सवार दम्पती र उनीहरुका छोराको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मिश्रले बताए । शव पोस्टमार्टमका लागि कलैया अस्पताल लगिएको छ । बसका चालक फरार रहेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्