नेपालका लागि ईयूकी नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेस



काठमाडौं असोज ११ ।

नेपालका लागि युरोपियन ईयू युनियनकी नवनियुक्त राजदूत तथा नेपालका लागि युरोपियन युनियनको डेलिगेशनका प्रमुख नोना डेप्रेले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासका भएको कार्यक्रममा नेपालका लागि युरोपियन युनियनकी नवनियुक्त राजदूत नोना डेप्रेले ओहदाको प्रमाणपत्र पेस गरेकी हुन् । उनले नेपालका लागि युरोपियन युनियनको राजदूतका रुपमा जिम्मेवारी सम्हाल्न पाउँदा आफू निकै खुशी भएको बताइन्।

झण्डै पाँच दशकदेखि युरोपियन युनियन नेपालको एउटा भरपर्दो विकास साझेदार र मुख्य दाताका रुपमा रही आएको छ । ईयूले नेपाल सरकारसँगको सहमति अनुरुप तीन प्राथमिक क्षेत्रमा सहकार्य गरिरहेको छ ।

सन् २०१४–२०२० मा ईयूले नेपाललाई प्रदान गर्ने सहायताको कुल लागत ३६ करोड युरो अर्थात् झण्डै ५० अर्ब रुपैयाँ रहेको छ । नेपालमा कोरोना महामारीको बेला युरोपियन युनियनले सात करोड ५० लाख युरो अर्थात् १० अर्ब रुपैयाँ तत्काल उपलब्ध गराएको थियो ।

यो सहयोगका लागि ईयूले ‘टिम युरोप इनिसिएटिभ’ को मर्मअनुरुप अन्य ईयू सदस्य राष्ट्रहरुसँग निकट रुपमा संयोजन गरेको थियो । विश्वव्यापी रुपमा पनि ईयूले १६ अर्ब युरोको कोष निर्माण गर्न सहयोग गरेको थियो । विश्वका लागि नै कोरोनाको खोप, परीक्षण तथा उपचार गर्न त्यो कोषलाई उपयोग गरिने नेपालका लागि युरोपियन युनियनको डेलिगेशनका प्रमुख नोना डेप्रेले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्