कोरोनाबाट १० लाख बढीको मृत्यु



एजेन्सी,असोज १३ । विश्वभर कोरोना सक्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या १० लाख नाघेको छ ।

कोरोनाका कारण विश्वका हालसम्म १० लाख ६ हजार ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसैगरि हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड ३५ लाख ४२ हजार पुगेको छ ।

त्यस्तै सङ्क्रमितमध्ये दुई करोड ४८ लाख ६८ हजार निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्