उपत्यकामा जोरबिजोरमा कडाई,१ हजार बढि सवारीसाधनलाई कारबाही



काठमाडौँ, असोज १३ ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रशासनले लगाएको जोरबिजोर प्रणाली लागूमा पछिल्लो समय कडाइ गरिएको छ ।

उपत्यकामा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रशासनले जोरबिजोर प्रणाली लागू गरेको थियो। यसैबीच राजधानीमा मंगलबार बिहान १ हजार बढि सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ।

महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार जोरबिजोर नियम उल्लंघन गरेको आरोपमा महानगरीय ट्राफिक महाशाखाले १ हजार बढि सवारीसाधन नियन्त्रणमा लिएको हो ।

जोरबिजोर नियम पालना नभएको व्यापक गुनासो आएपछि चेकजाँच बढाउँदा धेरै सवारीसाधन नियन्त्रणमा लिईएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । राजधनीका विभिन्न ४५ वटा चेक प्वाइन्टबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका सवारीसाधनलाई आइन्दा नियम पालना गराउने सर्तमा एकपटकलाई छोड्ने प्रहरीको तयारी छ। तर, सवारी नियम नै उउपत्यकामा ल्लंघन गर्नेलाई भने कारबाही गरिने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्