काठमाण्डौ उपत्यकामा ९ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाडौं असोज १३ ।

काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा नौ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा काठमाण्डौमा सात सय ४७ जना, भक्तपुरमा ७३ जना र ललितपुरका एक सय १४ जनामा सङ्क्रमण देखिएको हो ।

त्यस्तै मङ्गलबार काठमाण्डौ उपत्यकामा नौ सय ३४ सहित देशैभर एक हजार पाँच सय १३ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमितको कुल सङ्ख्या ७६ हजार दुई सय ५८ पुगेको छ ।

अब नेपालमा मङ्गलबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार तीन सय ९६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्