भारतका उपराष्ट्रपति नायडु कोरोना संक्रमित



एजेन्सी, असोज १४ । भारतका उच्च पदस्थ राजीतिक व्यक्ति र अधिकारीहरु समेत लगातार कोरोना संक्रमित भईरहेका छन् ।

पछिल्लो क्रममा उपराष्ट्रपति वेकैया नायडु कोरोना संक्रमित भएको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन् । उपराष्टपति नायडुले समेत आफू कोरोना पोजेटिभ भएको भन्दै होम क्वारेन्टाईनमा बसेको बताएका छन् ।

यस अघि केन्द्रीय गृहमन्त्री अमिति शाह सहित अन्य मन्त्रीहरु कोरोना संक्रमित भएका थिए । त्यस्तै उत्तर प्रदेशका दुई जना मन्त्रीको कोरोनाका कारण ज्यान गएको थियो ।

भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नाघिसकेको छ भने मृत्यु हुनेको संख्या एक लाख नजिक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्