नेपालमा पछिल्लो २४ घण्टामा १५५९ संक्रमित थपिए



काठमाडौं,असोज १४ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १५ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७७ हजार ८ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म ५६ हजार ४ सय  २८ जना संक्रमणमुक्त भएका छन् । बुधबार मात्र १ हजार ५७ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्