पीसीआर परीक्षणको शुल्क समायोजन गर्न निजी प्रयोगशालालाई २४ घण्टे अल्टिमेटम



काठमाडौं असोज १४ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न आठ वटा निजी प्रयोगशालालाई पीसीआर परीक्षणको शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम दिएको छ ।

सरकारले तोकेको अधिकतम दुई हजारभन्दा बढी शुल्क लिइरहेका ती प्रयोगशालालाई २४ घण्टे चेतावनी दिएको र यदी २४ घण्टाभित्र समायोजन नभएमा प्रयोगशाला सञ्चालनका लागि दिइएको स्वीकृति खारेज गर्ने मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

गुणस्तर मापन तथा नियमन महाशाखाको प्रतिवेदनअनुसार एक पटकलाई चेतावनी दिइएको र २४ घण्टाभित्र शुल्क समायोजन नभएमा आवश्यक कारबाहीका लागि वाणिज्य विभाग र गृह मन्त्रालयलाई पत्र लेख्ने निर्णय भएको प्रवक्ता गौतमले बताए ।

यस्तै सरकारले तोकेको मापदण्डबाहिरका मानिसको परीक्षण गर्ने, अनुमति नलिएका सङ्घ संस्था तथा बिचौलियाका रुपमा नमुना सङ्कलन गरेको पाइएमा पनि कारबाही गरिने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्