काठमाडौंमा ग्यास सिलिन्डर विस्फोट,५ जना घाइते



काठमाडौं असोज १४ ।

काठमाडौंको पेप्सिकोलामा ग्यास सिलिन्डर विस्फोट हुँदा ५ जना घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार घाइते हुनेमा सुनिता कार्की, पर्वत कार्की, हेमा कार्की, रमेश कार्की र मीना खड्का छन् । घाइतेमध्ये पर्वत कार्कीको अवस्था सामान्य छ । घाइतेहरूको नजिकैको मदर ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ । ग्यास विस्फोटबाट कृष्ण कार्कीको घरमा क्षति पुगेको छ ।

खाजा बनाउनका लागि ग्यासको रेगुलेटर खोलेर लाइटर बाल्ने क्रममा ग्यास लिक भएर आगो लागेर ग्यास विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्