अनसनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भिर



चिकित्सा शिक्षा सुधारको लागि १७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यअवस्था गम्भीर बन्दै गएको छ।

त्रिवि शिक्षण अस्पतलाका अनुसार डा. केसीकोे रगतमा चिनीको मात्रा र सिरम इलेक्ट्रोलाइट्स निकै कम भइसकेकाले उनको जीवन नै खतरामा परेको छ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा डा केसीमा कुनै पनि बेला मुटु र स्नायुसम्बन्धी समस्या आउनसक्ने र त्यसो भएमा ज्यानकै जोखिम हुने उल्लेख छ। अस्पतालका अनुसार उनको रगतमा ह्वाइट ब्लड सेल्सको मात्रा निकै न्यून हुँदा संक्रमणको ठूलो जोखिम छ।

अस्पतालले डा केसीलाई बारम्बार चक्कर आउने, मुटुको धड्कन बढेको, छाती दुख्ने, जिउ गल्ने, शरीरका मांशपेशी दुख्नेरबाउँडिने लगायतका समस्या देखिएको पनि जनाएको छ। डा. केसीलाई आइसीयूमा राखी निगरानी र उपचार व्यवस्था गर्नुपर्ने अवस्था भए पनि उनले सामान्य सलाइन लिन बाहेक अरु केही पनि नमानेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्