कोरोना संक्रमित तीन कैदीको मृत्यु



काठमाडौं,भदौ १६ । कोरोना संक्रमित सुन्धारास्थित केन्द्रीय कारागारका तीन कैदीको मृत्यु भएको छ।

मंगलबार मृत्यु भएका मध्य ४० वर्षीय पुरुषमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए । उनिहरुको सोमबार राती अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै अन्य दुई जना ६० वर्षीय र ६४ वर्षीय पुरूषको मंगलबार बिहान वीर अस्पतालमा मृत्यु भएको छ। तीमध्ये एक जनाको कोरोना रिपोर्ट भदौ ५ गते नेगेटिभ आएको थियो भने अर्का व्यक्तिको स्वाब परीक्षणको लागि पठाइएको छ।

जेलर बाँस्कोटाका अनुसार बिरामी तिनैजनामध्ये एक जना संक्रमितको सोमबार मृत्यु भएको थियो भने अरू दुई जनाको मंगलबार मृत्यु भएको हो

उनले संक्रमित पुरूषमा छारे रोग, मुटु र मानसिक समस्या रहेको बताएका छन् । त्यस्तै ६० र ६५ वर्षीय पुरूष पनि मुटु र दमको रोगी थिए।

केन्द्रीय कारागारमा अहिलेसम्म ५२ जना कैदीमा कोरोना संक्रमण देखिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्