कोरोना संक्रमणबाट चार वर्षीया बालिकासहित ११ जनाको मृत्यु , मृतकको संख्या २ सय ३९ पुग्यो



काठमाडौ भदौ १६ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट चार वर्षीया बालिकासहित थप ११ जनाको मृत्यु भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा महोत्तरीकी एक ४ वर्षीया बालिका र १० पुरुष रहेका छन् ।

मृत्यु हुनेमा महोत्तरीकी एक ४ वर्षीया, महोत्तरीका ३७, सिरहाका ६५, पर्साका ५३, ८० र ६० बाराको ६०, चितवनको ५३, काठमाडौँका ७०, ३५ मकवानपुरका ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन भएको प्रवक्ता गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्