दशैंमा नयाँ नोट वितरण गर्ने / नगर्नेबारे अझै निर्णय भएको छैन : नेपाल राष्ट्र बैंक



काठमाडौं भदौ १६ ।

नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट वितरण गर्ने या नगर्नेबारे अझै निर्णय भइनसकेको जनाएको छ । दशैं आउन अझै केही महिना रहेकाले अझै यो निर्णय नगरिएको बैंकले जनाएको छ ।

यसअघि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै बैंकले यसपटकको दशैंमा नयाँ नोट वितरण नगर्ने खबर मिडियालाई दिइएको थियो । यसबारेमा असोजको पहिलो साता आधिकारिक रुपमा सूचना दिने बताइएको थियो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले नयाँ नोट वितरण गर्नेरनगर्ने विषयमा अर्को महिनामात्र छलफल हुने बताए । उनले नयाँ नोट नबाँडिने सूचना गलत भएको दाबी गरे ।

नेपाल राष्ट्र बैंकले हिन्दू नेपालीहरुको महान चाड दशैंको अवसर पारेर हरेक वर्ष रुपैयाँ ५, १०, २०, ५० र १०० दरका नयाँ नोटहरु साट्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्