अफगानिस्तानमा सवारी दुर्घटना : बालबालिकासहित १० जनाको मृत्यु



एजेन्सी असोज १५ ।

अफगानिस्तानमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।

हेरात कान्दाहार राजमार्गमा बिहीबार बिहान भएको दुर्घटनामा बालबालिकासहित १० जनाको मृत्यु भएको हो । हेरात प्रान्तको सरकारका प्रवक्ताका अनुसार विपरीत दिशाबाट आइरहेका दुई सवारी साधन एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा पाँच जना पुरुष, तीन जना महिला र दुई जना बालबालिकाको ज्यान गएको छ । बसमा सवार अन्य केही यात्रु घाइते भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्