कञ्चनपुरमा राँगाको मासु खाँदा १४ जना बिरामी



कञ्चनपुर असोज १६ ।


कञ्चनपुरमा राँगाको मासु खाँदा १४ जना बिरामी परेका छन् ।

भीमदत्त नगरपालिका वडा नं १३ सोनापुर टोलका १४ जना बिरामी परेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार वडा नम्बर १२ का बंगला चदाराले काटेको राँगाको मासु खाँदा १४ जना बिरामी भएका हुन् ।

बिरामी हुनेमा सहवीर तामाङ, लक्ष्मी तामाङ, हरिश तामाङ, चेतन तामाङलगायत रहेका छन्। उनीहरुको महाकाली अस्पतालमा उपचार भैरहेको छ। बिरामीमा झाडापखाला, ज्वरो, बान्ता भएको अस्पतालले जनाएको छ।

राँगो काटेर मासु बिक्री गर्ने चदारालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिरामी हुनेमा महिला, वृद्धवृद्धा, बालबालिका समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्