थप ३ हजार ३०७ जना कोरोनामुक्त, कोरोना जित्नेको संख्या ६० हजार नाघ्यो



काठमाडौं असोज १६ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या ६० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएसँगै नेपालमा निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको हो।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमण निको हुने दर ७३.६ प्रतिशत रहेको छ। त्यस्तै कोरोना संक्रमणबाट अहिलेसम्म ५२० जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना भाइरसका संक्रतिम थपिएसँगै नेपालमा असहलेसम्म संक्रमित हुनेको संख्या ८२ हजार ४ सय ५० पुगेको छ । प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ।

प्रतिक्रिया दिनुहोस्