काठमाडौं उपत्यकामा ११ सय ७७ जना कोरोना संक्रमित थपिए



काठमाडौं असोज १७ ।

काठमाडौंमा १००१ सहित उपत्यकामा थप ११७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ११७७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार काठमाडौंका १००१, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्