बहराइनका राजकुमारको टोलीले गर्यो लुबुचे हिमालको सफल आरोहण



काठमाडौं असोज १७ ।

बहराइनका राजकुमारसहितको टोलीले लुबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।

बहराइनका राजकुमारसहितको टोलीले बिहान आठ बजेर ५० मिनेटमा सफलतापूर्वक आरोहण गरेको आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।

सोलुखुम्बुमा रहेको लुबुचे हिमाल ६ हजार १ सय १९ मिटर अग्लो रहेको छ । नेपालमा सन् २०२० को यो पहिलो हिमाल आरोहण हो । १५ जना बहराइनी र तीन जना बेलायतीसहित भदौ ३१ गते काठमाण्डौ आएको टोलीले मनास्लु र लोबुचे हिमाल आरोहणको पनि अनुमति पाएको छ ।

प्रतिक्रिया दिनुहोस्