लामो समयदेखी बन्द तातोपानी नाका खुल्यो



सिन्धुपाल्चोक असोज १८ ।

लामो समय देखी बन्द रहेको तातोपानी नाकाबाट चिनियाँ सामान आउन सुरु भएको छ ।

गएको असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका सुरु गर्ने सहमति भएसँगै आइतबारदेखि चिनियाँ सामान आउन थालेको हो । आइतबार ११ कन्टेनर कपडा र कच्चा पदार्थहरु आएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेर फर्किसकेको छ । ती सामान लिन चालक र मजदुर गरी २९ जना ११ वटा कन्टेनर लिएर मितेरी पुलमा सामान लोड गर्न गएका छन् । बेलुकासम्म ती सामान तातोपानी सुख्खा बन्दरगाहमा आइपुग्ने खत्रीले बताए । भन्सार जाँच पास भएपछि केही दिनमा ती सामान काठमाण्डौ पठाइनेछ ।

कोरोना भाइरसको सङ्क्रमण नहोस् भनेर तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड–अनलोड गर्न तयारी अवस्थामा राखेको छ । ती चालक र मजदुरको पाँचरपाँच दिनमा कोरोना परीक्षण गरिनेछ । लामो समयदेखि चीनसँग जोडिएका दुई नाका बन्द भएपछि चीनसँगको कारोबार ठप्प भएको थियो ।

प्रतिक्रिया दिनुहोस्