डाक्टर केसीका मागबारे वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम



काठमाडौं असोज १८ ।

नेपाल चिकित्सक सङ्घले डाक्टर गोविन्द केसीका मागबारे वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।

अनशन बसेको २१ दिन पुगिसक्दा डाक्टर केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बनेको तर सरकारले वार्ताको पहलसमेत नगरेकोमा चिकित्सक सङ्घले आपत्ति जनाएको हो । सङ्घले ७२ घण्टाभित्र वार्ता टोली गठन गरेर संवाद सुरु गर्न अल्टिमेटम दिँदै सरकारले अटेरी गरेमा जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

यसबाट पर्न जाने गम्भीर परिस्थितिको जिम्मेवार सरकार नै हुने पनि चिकित्सक सङ्घले जनाएको छ । सङ्घले वार्ताका निम्ति सहजीकरणको भूमिका निर्वाह गर्न तयार रहेको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्