लिभरपुलमाथि भिल्लाको ७ गोल



एजेन्सी, असोज १९ । इंग्लिस प्रिमियर लिग फुटबलको सावित विजेता लिभरपुलमाथि एस्टन भिल्लाले सानदार जित हासिल गरेको छ। गएराति भएको प्रतिष्पर्धात्मक खेलमा भिल्लाले लिभरपुलको पोष्टमा सात गोल वर्षाएको हो ।

स्टार स्ट्राइकर माने विनानै खेलेको भिल्ला शुरु देखि दबाबमा परेको थियो । खेलको चौंथो मिनेटमै वाटकिन्सले गोल गरी लगातार लिभरपुलमाथि दबाब दिन थालेका थिए । वाटकिन्सले खेलको पहिलो हाफमै ह्याट्रि गरेका थिए ।

लिभरपुलका सालाहले २ गोल गरे । खेलको नतिजा भिल्लाको पक्षमा ७-२ ले गयो । सन् १९६३ यता लिभरपुलले सबैभन्दा नमीठो हार व्यहोर्न पुगेको हो ।

लिभरपुल लिग विजेताका रुपमा रहनु र भिल्ला यो सिजन बढोत्तरी हुँदै प्रिमियर लिगमा फर्किनु रोचक मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्