चर्चित भारतीय चलचित्र ‘बाहुबली’की अभिनेत्री तमन्नालाई कोरोना संक्रमण



मुम्बई, असोज १९ । चर्चीत भारतिय चलचित्र ‘बाहुबली’ अभिनेत्री तमन्ना भाटियालाई कोरोना संक्रमण पुष्टि भएको छ।

सुटिङका दौरान कोरोनाको लक्षण देखिएको र परिक्षण पश्चात रिपोर्ट पोजेटिभ आएपछि उनी अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

श्रोतका अनुसार उनी हाल हैदराबादस्थित एक निजी अस्पताल भर्ना भएकी छन् । केही सयम पहिले तमन्नाका आमा बुवालाईसमेत कोरोना पुष्टि भएको थियो । हाल उनका आमा बुवा संक्रमण मुक्त भइसकेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्