डा केसीको माग पूरा गर्न भन्दै टिचिङ अस्पतालमा कांग्रेसको प्रदर्शन



काठमाडौं असोज १९ । चिकित्सा शिक्षा सुधार लगायत माग राखी अनशनरत डा गोविन्द केसीले राखेका माग पूरा गर्न भन्दै कांग्रेसले सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

कोरोना महामारीका बीच त्रिवि शिक्षण अस्पतालमा सोमबार शान्तिपूर्वक प्रदर्शन गरेको हो । कांग्रेसले केसीले राखेका माग पूरा गर्न सरकारले वार्ता गर्नुपर्ने बताएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केसीसँग वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको बताए । ‘सरकारले तत्काल वार्ताका लागि समिति बनाउनुपर्छ,’ शर्माले भने, ‘सरकारले आँखा खोलोस्। डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ।’

अनशन बसेको २२ दिनसम्म सरकारले केसीसँग वार्ता नगरेको भन्दै कांग्रेसले डा केसीको माग पूरा र जीवन रक्षा गर्नुपर्ने माग गरेको छ । कांग्रेसको प्रचार विभागले डा केसीका मागमाथि ऐक्यबद्धता जनाउँदै प्रदर्शन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्